Rule 25
क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारले तोके बमोजिमको सेवा शुल्क लिई बीउ बिजनका नमूनाहरू परीक्षण गर्ने ।
(ख) खण्ड (क) बमोजिमका नमूना परीक्षण गरी अनुसूची–१४ बमोजिमको ढाँचामा सम्बन्धित पक्षलाई नतिजा उपलब्ध गराउने ।
(ग) नेपाल सरकारले तोके बमोजिमको सेवा शुल्क लिई बीउ बिजन प्रमाणीकरण गर्ने ।
(घ) खण्ड (ग) बमोजिम भएको प्रमाणीकरणको अभिलेख अद्यावधिक गरी केन्द्रमा जानकारी पठाउने ।
(ङ) बीउ प्रमाणीकरण संकेतपत्र (ट्याग) को माग अग्रीम रुपमा केन्द्रमा पठाउने
(च) नेपाल सरकारले तोके बमोजिमको सेवा शुल्क लिई नमूना सङ्कलनबाट प्राप्तबीउ बिजनका नमूनाहरू परीक्षण गर्ने ।
(छ) खण्ड (च) बमोजिम प्राप्त नमूना परीक्षणको नतिजा छिटो साधनद्वारा नमूना सङ्कलनलाई जानकारी गराउने ।
(ज) केन्द्रीय बीउ बिजन परीक्षण गरी प्रयोगशालाले पठाएको मध्यस्थ नमूना निर्धारित समयभित्र परीक्षण गरी प्रतिवेदन पठाउने ।
(झ) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले दिएको सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
(ञ) प्रयोगशालामा प्राप्त नमूना मध्ये कम्तीमा दश प्रतिशत नमूनाहरू केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा परीक्षणका लागि पठाउने ।
(ट) गार्ड स्याम्पल परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डार गर्ने ।
(ठ) समिति र केन्द्रबाट प्राप्त सुझाव तथा निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने ।